समाचार

    भरुवा बन्दुकसहित पाल्पामा एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० चैत्र १० | बिहान ०७:१२ बजे

      पाल्पा, चैत १० । पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

      उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

      भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको हो । खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

        कमेन्टहरु