घटना

    विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

    नवलपुर टुडे
    २०८० चैत्र ८ | मध्यान्ह ०४:१२ बजे

      मोरङ । काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ।
      काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो।

      विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका गुरुङ एकाएक लडेका थिए।

      गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा छोराले नजिकै रहेको नोबेल शिक्षण अस्पतालमा भर्ना गराएका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दै गर्दा मृत घोषणा गरेका थिए। त्यससंगै गुरुङको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु