धर्म–संस्कृति/रीतिथिति

    होली पर्व मर्यादापूर्वक मनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीको आग्रह

    नवलपुर टुडे
    २०८० चैत्र ६ | मध्यान्ह ०९:१२ बजे

      नवलपरासी, चैत ६ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप) ले नजिकिँदै गरेको फागु पूर्णि (होली) पर्व मर्यादापूर्वक मनाउन आग्रह गरेको छ ।

      रङको पर्व होलीको शुभकामना दिँदै कार्यालयले कोही कसैको इच्छा विपरीत जबरजस्ती रङ, लोला तथा पानी छ्याप्ने काम नगर्न सूचना जारी गर्दै आग्रह गरेको छ ।

      साथै मादक पदार्थ सेवन गरी सवारी चलाउने, डिजे जस्ता उपकरणहरु बजाई होहल्ला गर्ने जस्ता कुनै पनि व्यक्तिको निजी जिवनमा असर पुर्‍याउने कार्यहरु नगर्नसमेत आग्रह गरेको छ ।

      यदि सूचना विपरीत यस्ता गतिविधिहरु गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।IMG 20240319 204933 593

        कमेन्टहरु