गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन, १५ जना प्रहरी नियन्त्रणमा

नवलपुर टुडे
२०८० चैत्र ६ | बिहान १०:१२ बजे

काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
उनीहरु सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।
सिंहदरबार वरपर निषेधित क्षेत्र घाेषणा गरिएकाले प्रदर्शन गर्न निषेध गरिएको छ ।





