घटना

    पर्साकाे ठाेरीमा बाघको आक्रमणबाट महिलाकाे मृत्यु

    नवलपुर टुडे
    २०८० चैत्र ६ | बिहान १०:१२ बजे

      वीरगञ्ज । पर्साकाे ठाेरीमा जंगलमा घास काट्न गएका बेला बाघकाे आक्रमणबाट एक महिलाकाे ज्यान गएको छ । आक्रमणबाट ठाेरी गाँउपालिका- ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीकाे मृत्यु भएको कुसुमबाटिका बन उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए ।

      मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला जंगलबाट आएकाे बाघले आक्रमण गर्दा उनको ज्यान गएको पाखरिनले बताए । महिलालाई आक्रमण गरी ज्यान लिने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्। मृतक महिलाको शव परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ। यसअघि गत पुसमा पनि बाघले पटेर्वा सुगौली गाउँपालिका- २ मा पनि एक जनाको ज्यान लिएको थियो ।

      दुई दिनअघि मात्रै पर्साको जंगल नजिकैको गाडीमा आतंक मच्चाउने एउटा बाघलाई बन टोलीले नियन्त्रणमा लिएको थियो ।

        कमेन्टहरु