समाचार

    पशुपतिको जंगलमा झुण्डिएको अवस्थामा एक किशाेरीकाे शव फेला

    नवलपुर टुडे
    २०८० चैत्र २ | बिहान ०८:१२ बजे

      काठमाडौं, चैत २ । काठमाडौंको पशुपतिनाथको जंगलमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

      सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी १९ वर्षीया सुस्मिता थापा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

      केहीदिनदेखि हराइरहेकी थापा आज बिहान गोरखनाथ मन्दिरमाथिको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले बताए ।

      केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी उनी त्यसदिनदेखि घर फिर्ता आएकी थिइनन् ।

        कमेन्टहरु