समाज

    माधवनारायण नगरपालिकाका नगर प्रमुख र वडा अघ्यक्षद्वारा रामजानकी मन्दिरको शिलान्यास

    अशोक यादव
    २०८० फाल्गुन ३० | मध्यान्ह ०४:११ बजे

      रौतहट, फागुन ३० । रौतहटकाे माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव र वडा नम्बर ६ का वडा अघ्यक्ष रामनरेश रायले आज संयुक्त रूपमा माधोपुरमा रामजानकी मन्दिर निर्माणकाे लागि शिलान्यास गरेका छन् ।

      नगरपालिकाकाे अार्थिक सहयाेगमा निर्माण हुन लागेको साे मन्दिर आज एक कार्यक्रमबिच सिलान्यास गरिएको हो । नगरपालिकाले बजारमा भक्तजनलाई पुजा पाठ गर्नकाे लागि मन्दिर नभएकाले पुजाअाजा गर्न मन्दिरको शिलान्यास गरिएको हो ।

      अधिकांश हिन्दुहरूकाे बसाेबास रहेको गाउँमा पर्याप्त मात्रामा मन्दिर नरहेकाले एउटा मन्दिरमा कृष्ण जमाष्टमी लगायतका विभिन्न समयमा मन्दिरमा पुजा गर्न भ्यानभ्याई हुने भएकाले उक्त मन्दिरकाे निर्माण गर्न लागिएको हो ।

        कमेन्टहरु