घटना

    विजयनगरमा आगलागी हुँदा १ लाख १५ हजारकाे क्षति

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० फाल्गुन ३० | बिहान ०९:११ बजे

      कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बिजयनगर गाउँपालिका- ६ उज्ज्वलपुर डाँडा बस्ने दिपक थारुकाे घरमा आगलागी भएको हाे  ।

      आगलागीबाट घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कागज पत्र जलेर नष्ट भएकाे अस्थायी प्रहरी पाेष्ट खडैचाका असई अनरजीत यादवले जानकारी दिए । उनले आगलागीबाट अन्दाजी १ लाख १५  हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएकाे बताए ।

      प्रहरीका अनुसार घरमा काेही नभएको बेला अचानक आगलागी भएकाे हाे । साेमबार करिब साँढे ५ बजेतिर घरमा आगलागी भएकाे जनाइएको छ । स्थानीय र प्रहरीले आगाे नियन्त्रणमा लिएको छ । मानवीय क्षती नभएको प्रहरीले जानकारी दिए ।

        कमेन्टहरु