खेलकुद

    पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

    जगत ठाडा मगर
    २०८० फाल्गुन २९ | बिहान १०:११ बजे

      काठमाडौं, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ८५ रनले हराएको छ । पीएनजीलाई हराएसँगै नेपाल यस शृङ्खलाको फाइनलमा पुगेको छ ।

      टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६।१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।

      नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।

        कमेन्टहरु