दुर्घटना

    मापसे गरेर गाडी चलाउँदा पुलबाट खोलामा खसेपछि

    जगत ठाडा मगर
    २०८० फाल्गुन २९ | बिहान ०६:११ बजे

      दाङ, फागुन २९ । दाङको घोराहीमा पुलबाट कार खस्दा चालक घाइते भएका छन् ।

      घोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमबार राती साढे नौ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

      प्रहरी नायव उपरीक्षक मल्लका अनुसार मापसे गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खसेको हो । दुर्घटनामा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका छन् । घाइते केसीको निधार र छातीमा चोट लागेको छ ।

      घाइते केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गाडीमा चालक एक्लै भएकाले अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु