दुर्घटना

    नवलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०८० फाल्गुन २८ | मध्यान्ह ०५:११ बजे

      नवलपुर, फागुन २८ । नवलपुरको कावासोती नगरपालिका – ८ खरकट्टा जंगलस्थित बुटवल नारायणघाट सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

      रजहरबाट कावासोतीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ क ०९५५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु ५० प ४७०८ नम्बरको मोटरसाइकल सोमबार दिउँसो करिब १ बजेतिर एकापसमा ठोक्किएका थिए ।

      ठक्करबाट मोटरसाइकल चालक धादिङको गङ्गा जमुना गाउँपालिका वडा नं ५ घर भई हाल पूर्वी नवलपरासीको कावासोती नगरपालिका – ३ अठ्ठाइस विघा बस्ने बर्ष २० का विश्वामित्र गुरुङ गम्भीर घाइते भएका थिए ।

      गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा १ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।

      प्रहरी निरीक्षक शर्माका अनुसार दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रण लिएर थप अनुसन्धान कार्य भईरहेको छ ।

        कमेन्टहरु