दुर्घटना

    सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री घाइते, स्थानीयद्वारा बसमा आगजनी

    जगत ठाडा मगर
    २०८० फाल्गुन २८ | मध्यान्ह १२:११ बजे

      सर्लाही, फागुन २८ । सर्लाहीमा बसको ठक्करबाट साइकल यात्री घाइते भएका छन् ।

      जनकपुरबाट मलंगवा जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० मा स्थानीय‍ युगलकिशोर महतोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका महतोलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञावलीले जानकारी दिए ।

      उनलाई ठक्कर दिएपश्चात आक्रोशित स्थानीयहरूले बस तोडफोड र आगजनी गरेको छन् । यात्रुहरू थिए कि थिएनन् भनेर बुझ्ने काम भइरहेको एसपी ज्ञवालीले जानकारी दिए । बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको एसपी ज्ञवालीले बताए । 

        कमेन्टहरु