राष्ट्रिय सभा अध्यक्षको निर्वाचन : आज उम्मेदवारी दर्ता गरिने

नवलपुर टुडे
२०८० फाल्गुन २८ | बिहान ०७:११ बजे

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।
संघीय संसद् सचिवालयले मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।
२९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।






