समाचार

    राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    नवलपुर टुडे
    २०८० फाल्गुन २७ | बिहान ०७:११ बजे

      काठमाडौं,  फागुन २७ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १:०९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

      आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरिने छ । राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको ‍दिन पनि तोक्ने कार्यसूची छ ।

      त्यस्तै आजको बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने छ ।

      r5456

        कमेन्टहरु