राजनीति

    राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

    नवलपुर टुडे
    २०८० फाल्गुन २६ | मध्यान्ह ०७:११ बजे

      काठमाडौँ, फागुन २६ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् । 

      नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका हुन् ।

      देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

      photo 2024 03 09 19 01 33

        कमेन्टहरु