देश

    रेनु दाहालले बेलायतमा ग्रहण गरिन् ‘इन्टरनेसनल मेयर अवार्ड’

    नवलपुर टुडे
    २०८० फाल्गुन २५ | बिहान ०९:११ बजे

      चितवन, फागुन २५ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा गएराति उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

      दाहाललाई लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरुका बीच अवार्ड वितरण गरिएको हो । सो अवसरमा मेयर खानलाई ‘लोकल गर्भमेन्ट अवार्ड’, राष्ट्रपति फकिमलाई ‘इन्टरनेसनल वेमन अफ द इयर अवार्ड’ प्रदान गरिएको थियो ।

      पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो । यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको मेयर दाहालले जानकारी दिइन् ।

        कमेन्टहरु