देश

    एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

    नवलपुर टुडे
    २०८० फाल्गुन २३ | मध्यान्ह ०६:११ बजे

      काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । 

      पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

      उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।
       

        कमेन्टहरु