देश

    सभापति देउवा आरजु राणालाई लिएर माधव नेपाललाई भेट्न पुगे

    नवलपुर टुडे
    २०८० फाल्गुन २३ | बिहान १०:११ बजे
      काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
       
      आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् । यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले जानकारी दियो ।

      नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कांग्रेस मन्त्रीहरुलाई बर्खास्त गर्दै नयाँ सरकारको तयारी थालेपछि अहिले राजनीतिक दलहरु भिन्नाभिन्नै छलफलमा जुटेका छन् ।

        कमेन्टहरु