दुर्घटना

    रौतहटमा यात्रु सवार टेम्पो दुर्घटना

    अशोक यादव
    २०८० फाल्गुन २२ | मध्यान्ह ०२:११ बजे

      रौतहट, फागुन २२ । रौतहटको गरुडा नगरपालिका- ८ जिगडिया चोकमा यात्रु सवार टेम्पो दुर्घटना भएको छ ।

      रौतहटको शिवानी पेट्रोल पम्पदेखी १०० मिटर अगाडि र जिगडिया चोकको बिचमा निर्मानाधिन पुल नजिकै ना २ ह ४८१७ नम्बरको टेम्पोले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

      टेम्पोमा सवार यात्रुहरुलाई समान्य चोटपटक लागेको छ भने साईकलमा सवार मानिस पनि सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

        कमेन्टहरु