दुर्घटना

    धनकुटामा भ्यान दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते

    नवलपुर टुडे
    २०८० फाल्गुन २० | मध्यान्ह ०६:११ बजे

      धनकुटा । धनकुटामा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

      हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

      घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । थप उपचारका निम्ति उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन । रासस

        कमेन्टहरु