शिक्षा

    बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम

    अशोक यादव
    २०८० फाल्गुन २० | मध्यान्ह ०४:११ बजे

      रौतहट, फागुन २० । रौतहटको गौर नगरपालिका वडा नं.४ स्थित रहेको श्री माध्यमिक विद्यालय टिकुलिया रौतहटको कक्षा कोठामा UNICEF को सहयोगमा र जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

      “Strengthning Nepal Police-Women, Children and Senior Citizens Service Directorate On justice For Children” परियोजना Activity 2.1 outreach Program in school and Community Focusing on justice For children and GBV अन्तर्गत कक्षा-६ देखि १० सम्मका अध्ययनरत बालबालिकाहरुलाई प्रहरी निरीक्षक झलक प्रसाद शर्माले प्रशिक्षण दिएका हुन् ।

      कार्यक्रममा बालबालिकाहरु तथा शिक्षक/शिक्षिका समेत गरी ७५ जनाको सहभागिता रहेको थियो ।

        कमेन्टहरु