समाज

    समाज परिवर्तन नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    रंजित चौरसिया
    २०८० फाल्गुन १९ | मध्यान्ह ०४:११ बजे

      वीरगंज, फागुन १९ । वीरगन्जको मुख्य बजार घण्टाघरस्थित समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

      कार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए । सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन ।

      रक्तदान गर्नेहरुमा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु लगायतका रहेका छन् ।

      रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए ।

      कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, समाज परिवर्तन नेपालका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सरार्फ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया, राजन साह, संदिप महतो, अभिशेक पटेल, भगवान पटेल र चन्दन पटेल लगायतकाले प्राविधिक सहयोग गरेका थिए ।

        कमेन्टहरु