दुर्घटना

    नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

    जगत ठाडा मगर
    २०८० फाल्गुन १९ | बिहान ०७:११ बजे

      नवलपुर, फागुन १९ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ५ देउराली स्थित भित्री सडकखण्डमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

      शुक्रबार राती ८ बजेतिर दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु.१ ख ६३९० नम्बरको बसले बाटोमा हिडिरहेका सोही ठाउँका अन्दाजी ६८ वर्षीय दिल बहादुर रखाल र बर्ष ७६ का सोम बहादुर लम्कालाई ठक्कर दिएको थियो ।

      ठक्करबाट दिल बहादुर रखालको घटनास्थलमा नै मृत्यु भएको र सोम बहादुर लम्का घाइते भएको नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए । उनका अनुसार घाईते भएका सोम बहादुरलाई उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

      घटनापछि बस प्रहरी नियन्त्रणमा रहेको र चालक भने फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु