अर्थ, कर्णाली प्रदेश

    जाजरकोट भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग

    नवलपुर टुडे
    २०८० फाल्गुन १८ | मध्यान्ह ०४:११ बजे

      चितवन, फागुन १८ । भरतपुर महानगरपालिकाले जाजरकोट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी  महानगरका मेयर रेणु दाहालले प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार एक करोड रकमको चेक  हस्तान्तरण गरेकी हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

      गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।

        कमेन्टहरु