कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन १७ | मध्यान्ह १२:११ बजे

कैलाली, फागुन १७ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी छन् ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





