देश, निर्वाचन

    उपनिर्वाचन कार्यतालिका : आजदेखि मतदाता नामावली अद्यावधिक

    नवलपुर टुडे
    २०८० फाल्गुन १६ | बिहान ०८:११ बजे

      काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

      निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको छ ।

      दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।

      चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

      चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

        कमेन्टहरु