नारायणी नदी पुलबाट हामफालेका वृद्धको उद्धार

नवलपुर टुडे
२०८० फाल्गुन १५ | बिहान १०:११ बजे

भरतपुर, फागुन १५ । भरतपुर महानगरपालिका वडा नं-१ स्थित नारायणी नदी पुलबाट हामफालेका एक वृद्धको घाइते अवस्थामा उद्धार गरिएको छ ।
भरतपुर-७ बस्ने ६० वर्षीय गंगाधर भूषाल नारायणी पुल नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी, स्थानीयवासी र मोटरबोटको सहायताबाट तत्काल उद्धार गरी भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।





