घटना, लुम्बिनी प्रदेश

    पाल्पाको रम्भा गाउँपालिका – १ नौघाममा एक पुरुषले गरे झुण्डेर आत्महत्या

    असिम कामु
    २०८० फाल्गुन १४ | मध्यान्ह ०८:११ बजे

      पाल्पा, फागुन १४ । पाल्पाको रम्भा गाउँपालिका – १ माथिल्लो नौघाममा एक पुरुषले झुण्डेर आत्महत्या गरेका छन् । स्थानीय अन्दाजी ५५ वर्षीय सन्त बहादुर नेपालीले घरको बिच तलामा भर्‍याङमा झुण्डेर आत्महत्या गरेका हुन् ।

      बिहान भैंसी चराएर हिडेका नेपालीले दिउँसो करिब ५ बजेतिर झुण्डेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनका श्रीमती फुलमाया नेपाली करिब ३/४ दिन बिसौनी भन्ने गाउँमा डुलेर हिजो मात्रै घर आएका थिए ।

      उनीहरु दुबै जनाले मादक पदार्थ सेवन गर्ने गरेका थिए । घरायसी विवाद हुँदा नेपालीले झुण्डेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा आइपुग्नै छ । प्रहरी आइपुगेपछि शव पोष्टमार्टमका लागि अस्पताल लैजाने छ ।

        कमेन्टहरु