अपराध

    काठमाडौँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडेको आरोपमा ४९ जना नियन्त्रणमा

    नवलपुर टुडे
    २०८० फाल्गुन १४ | मध्यान्ह ०३:११ बजे

      काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

      निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । 

      निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

        कमेन्टहरु