मौसम

    यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०८० फाल्गुन १४ | बिहान ०६:११ बजे

      काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

      गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

      भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

      देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।

        कमेन्टहरु