घटना

    पूर्वी नवलपरासीको नारायणी नदी किनारमा पुरुषको शव फेला

    नवलपुर टुडे
    २०८० फाल्गुन १३ | मध्यान्ह ०४:११ बजे

      नवलपुर । पूर्वी नवलपरासीको नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।

      जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैंडाकोट १२ हर्कपुर बस्ने ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो । उनका शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

      घटना स्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । 

        कमेन्टहरु