नवलपरासीको एक बृद्ध मृत अवस्थामा फेला


नवलपरासी, फागुन १२ । परासीमा एक जना बृद्ध मृत अबस्थामा फेला परेको छ । रामग्राम नगरपालिका- ६ पोखरापालीका ६० बर्षिया रामकृपाल सोनारको आज बिहान १० बजेतिर घोडपाली हुँदै मन्झरिया तिर जाने हुलाकी बाटोमा पर्ने रामखण्डा पुल नजिकै १० फिट गहिरो पानीमा डुबेर मृत अवस्थामा फेला परेका हो ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली र मृतको आफन्तले घटनास्थलबाट शव निकालिएको हो । मृतक केही बर्ष अघिबाट प्यारालाईसिस लगाएत विभिन्न रोगबाट पीडित थिए । मृतक लठ्ठीको सहाराले बिस्तारै बिस्तारै हिड्डुल गर्ने परिवारले प्रहरीलाई जानकारी दिएको बताए ।
मृतकको घरमा भोलिबाट कथा सुन्ने पुजा पनि छ । उनी रोगबाट अतालिएर यो कदम उठाएको हुन सक्ने अनुमान गरिएको छ । अहिले मृतकको शव पोर्ट्मार्टमको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
घटना सम्बन्धी अनुसन्धान भैइरहेको र पोस्ट्मार्टम रिपोर्ट आएपछि बास्ताबिक खुल्न सक्नेसमेत बोहराले बताए ।





