राजनीति

    प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

    नवलपुर टुडे
    २०८० फाल्गुन ११ | मध्यान्ह १२:११ बजे

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

      विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । 

      सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।

       

        कमेन्टहरु