अपराध

    लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति

    नवलपुर टुडे
    २०८० फाल्गुन १० | मध्यान्ह ०७:११ बजे

      काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

      बिहीबार अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको हो।

      बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

        कमेन्टहरु