गण्डकी प्रदेश, दुर्घटना

    नवलपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०८० फाल्गुन ९ | बिहान ०७:११ बजे

      नवलपुर, फागुन ९ । नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–३ को बेलहानीस्थित  भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

      दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदम बहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो । घाइते ब्यम्बुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

      घाइते सोही ठाउँका हिराबहादुर आलेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

        कमेन्टहरु