प्रहरी/सुरक्षा

    काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

    नवलपुर टुडे
    २०८० फाल्गुन ७ | मध्यान्ह ०६:११ बजे

      काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

      यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए । उनी परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको ठाउँमा सरुवा भएर आएका हुन् । ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

        कमेन्टहरु