अपराध, बागमती प्रदेश

    बालिका बलात्कार आरोपमा पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ

    नवलपुर टुडे
    २०८० फाल्गुन ७ | मध्यान्ह ०३:११ बजे

      हेटौंडा, फागुन ७ ।  बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।

      फागुन ४ गते मकवानपुरकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ पक्राउ परेका हुन् ।

      जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार श्रेष्ठलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

      जन युद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए ।

        कमेन्टहरु