अपराध, कोशी प्रदेश

    विराटनगरमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी

    नवलपुर टुडे
    २०८० फाल्गुन १ | बिहान ११:११ बजे
    विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा फेला परेको शङ्कास्पद वस्तु ।

      विराटनगर, फागुन १ गते । कोशी प्रदेशको विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।

      शङ्कास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटनास्थललाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

        कमेन्टहरु