मौसम

    आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८० फाल्गुन १ | बिहान ०६:११ बजे

      काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

      आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

      आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

        कमेन्टहरु