देश

    फेसबुकमा भावुक सन्देश लेखी बेपत्ता भएका चर्चित ‘ब्लड डोनर’ मैनाली मृत फेला

    नवलपुर टुडे
    २०८० माघ २९ | मध्यान्ह ०२:१० बजे
    तस्बिर: अर्जुन मैनालीको सामाजिक सञ्जालबाट ।

      काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता भएका अर्जुन मैनाली मृत अवस्थामा फेला परेका छन् ।

      सबैभन्दा धेरै २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्माहत्या गरेको पाइको हो ।

      अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र बन्द अवस्थामा उनको शव फेला परेको हो ।

      ढकालले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए,’ दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’

      यस्तो छ उनको भावुक स्टाटस:

        कमेन्टहरु