लुम्बिनी प्रदेश

    दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्दै भैरहवा भन्सार कार्यालय (सूचनासहित)

    जगत ठाडा मगर
    २०८० माघ २९ | बिहान ०७:१० बजे

      बुटवल, माघ २९ । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपाङग्रे सवारी साधन लिलाम बिक्रीका लागि सूचना प्रकाशन गरेको छ । भन्सार नियमावली, २०६४ को निमय ३५ (१) बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने बारे २१ दिने सूचना जारी गरेको हो । 

      चोरी निकासी/पैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल र स्कुटर सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ । इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले २१ दिनभित्र लिलाम बिक्रीमा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ । 

      बोलपत्र पेस गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको १० (दश) प्रतिशतले हुने रकम राष्ट्रिय बाणिज्य बैंक, सुक्खा बन्दरगाह शाखा भैरहवामा जम्मा गर्नुपर्नेछ । 

      photo 2024 02 12 07 20 29

        कमेन्टहरु