मौसम

    मौसम पूर्वानुमान : यी प्रदेशमा हिमपातको सम्भावना

    जगत ठाडा मगर
    २०८० माघ २९ | बिहान ०६:१० बजे

      काठमाडौं, माघ २९ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

      आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

      दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

      राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु