अपराध, कर्णाली प्रदेश

    दैलेखको आठबिसमा एक युवक मृत फेला

    नवलपुर टुडे
    २०८० माघ २६ | मध्यान्ह ०६:१० बजे

      सुर्खेत । दैलेखको आठबिस नगरपालिका–८ का एक युवक मृत फेला परेका छन् ।

      बुधबारदेखि बेपत्ता भएका स्थानीय १६ वर्षीय आकाश नेपाली शुक्रबार मृत फेला परेका हुन् । उनको शव बाटोबाट टाढा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

      इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगिसकेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा प्रहरीको टोली घटनास्थल जान लागेको छ । लम्सालले घटनाबारे अनुसन्धानपछि मात्रै थाह हुने बताए । 

        कमेन्टहरु