शुक्रबारदेखि अध्यागमन विभागमा ई–भिसा लागू हुने

नवलपुर टुडे
२०८० माघ २५ | मध्यान्ह ०६:१० बजे

काठमाडौँ । शुक्रबारदेखि ई–भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागेको हो ।
अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने भएका छन् । उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विभागको विश्वास छ ।





