मौसम

    आजको मौसम : गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०८० माघ २४ | बिहान ०७:१० बजे

      काठमाडौँ, माघ २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

      जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

      आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

      राति भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

        कमेन्टहरु