समाचार

    राैतहटकाे राजदेवी नगरपालिकामा आकाशबाट बरफको ढिस्को खस्यो

    अशोक यादव
    २०८० माघ २३ | मध्यान्ह ०१:१० बजे

      रौतहट, माघ २३ । छिमेकी राष्ट्र भारतकाे हावापानीले नेपालका तराई क्षेत्रमा प्रभाव परेको छ । तराईमा बढ्दै गईरहेकाे चिसाेका कारण दक्षिणी भेगमा पर्ने राजदेवी नगरपालिकामा अचानक आकासबाट बरफ खसेको छ ।

      राैतहटकाे राजदेवी नगरपालिका वडा नं ९ (ब्रह्मपुरी ) मा राति १०:३० बजेतिर आकाशबाट ठुलो बरफ खसेको हो । बरफ हेर्न अाज बिहानैदेखि गाउँलेहरूकाे भिड जम्मा भएको छ । यस्तो बरफ कहिल्यै गाउँलेहरूले नदेखेको गाउँका बुढापाका, बुद्धिजीवीहरूकाे भनाइ छ ।

      याे बरफ नै हाे या अरु नै पदार्थ भन्ने विषयमा अनुसन्धान भईरहेकाे छ ।

        कमेन्टहरु