घटना

    नवलपुरको देवचुलीमा आगलागी हुँदा ८० हजार बराबरको क्षति

    जगत ठाडा मगर
    २०८० माघ २३ | बिहान ०८:१० बजे
    फाइल तस्बिर

      नवलपुर, माघ २३ । नवलपुरको देवचुली नगरपालिका – ८ आँपटारीमा आगलागी हुँदा ८० हजार बराबरको क्षति भएको छ ।

      सोमबार राती साढे ९ बजेतिर स्थानीय शिव कुमारी पाण्डेको टिनले छाएको एकतले कच्ची गाईको
      गोठमा आगलागी भएको हो । खाना बनाउने क्रममा आगलागि भएको हो ।

      आगलागीबाट कुनै मानवीय तथा चौपाय क्षेती नभएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बेद बहादुर पौडेलले जानकारी दिए ।

      डीएसपी पौडेलका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई २१:५० बजे प्रहरी, स्थानिय र कावासोती नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

      घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु