समाज

    प्रेस चाैतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा फलफुल वितरण तथा अन्तरक्रिया कार्यक्रम

    अशोक यादव
    २०८० माघ २२ | मध्यान्ह ०५:१० बजे

      रौतहट, माघ २२ । प्रेस चाैतारी नेपालको २६ अाैं स्थापना दिवसको अवसरमा राैतहट शाखाद्वारा आयाेजित फलफुल वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । प्रेस चाैतारी नेपालकाे जिल्ला अध्यक्ष उत्तम उपाध्यायकाे अध्यक्षतामा राैतहटकाे गाैरस्थित सिया प्यालेसमा कार्यक्रम सम्पन्न भएकाे हो ।

      चाैतारीकाे स्थापना दिवसकाे अवसरमा एकअर्कासँग अन्तरक्रिया भएकाे थियो । नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले चाैतारी नेपाल आबद्ध जिल्लाका सबै सक्रिय संचारकर्मीलाई २५ गते हुन गईरहेकाे पार्टी जिल्ला अधिवेशनमा सक्रिय रूपमा सहभागीता जनाउनकाे लागि अाग्रह समेत गरेका छन् ।

      साथै कार्यक्रममार्फत प्रादेशिक अस्पताल गाैरमा रहेका ४० जना बिरामीलाई खानकाे लागि फलफूल वितरण गरिएको छ । साे कार्यक्रममा चाेतारी नेपालका जिल्ला इन्चार्ज रमेश तिमल्सिना, केन्द्रीय लेखा सदस्य राजकिशाेर यादव, मधेस प्रदेश सदस्य अनमाेल कार्की, जिल्ला सचिव मुकेश साह, प्रेस चाेतारीका महासचिव गाैतम श्रेष्ठ, अशाेक पहाडी, रामानन्द साह, महिला सदस्य बिना श्रिबास्तब , लगायतका पचास जना उपस्थित रहेका थिए ।

        कमेन्टहरु