मुख्य समाचार

    मुगुमा आगलागी हुँदा दाजु बहिनीको मृत्यु

    जगत ठाडा मगर
    २०८० माघ २२ | मध्यान्ह ०१:१० बजे

      मुगु, माघ २२ । मुगुको खत्याड गाउँपालिका – २ गोडेखोलामा गएराती आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

      आगलागीबाट तीन वटा घर जलेर पुर्ण रुपले क्षति भएको छ । स्थानीय लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए ।

      आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल स‌ंज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएकोे छ । लालके मजदुरी गर्न भारत गएका छन् । घरमा श्रीमती सरस्वती संज्याल र दुई जना छोराछोरी मात्रै बस्दै आएका थिए ।

      गएराति बालबच्चासहित सरस्वती घरको गोठमा सुतेका थिए । गोठमा बालेको आगो लाग्दा उनी बाहिर निस्कन सफल भएको तर छोराछोरी भने आगोमै जलेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

      आगलागीबाट गोठमा रहेका चार गाईगोरु जलेका मरेका छन् । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र निभाइएको छ ।

        कमेन्टहरु