समाचार

    डडेल्धुरामा कोइला बालेर आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

    जगत ठाडा मगर
    २०८० माघ २२ | बिहान ११:१० बजे

      डोटी, माघ २२ । डडेल्धुराको अमरगढी नगरपालिका-१ मालममा आगो ताप्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका छन् ।

      राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । नायकका अनुसार बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको हो ।

      घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवै नातामा सासू बुहारी हुन् ।

        कमेन्टहरु